Prakash Adhikari June 23, 2024

 

एजेन्सी – आइसीसी टी २० विश्वकप अन्तरगत शनिवार भएको खेलमा भारतले बंगलादेशलाई ५० रनको अन्तरले पराजित गरेको छ।

एन्टीगुवामा भएको खेलमा भारतले दिएको १९७ रनको विशाल।लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन बनाए । तान्जिद हसनले २९ तथा तल्लोक्रमका ऋषाद होसेनले २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदिप सिंह र जसपृत बुम्राहले समान २(२ विकेट लिए । १ विकेट हार्दिक पन्ड्याको नाममा रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९६ रन बनायो । भारतका लागि पन्ड्याले २७ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोडे ।

बंगलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले २(२ तथा शाकिब अल हसनले १ विकेट लिएका थिए ।

Share Now