Prakash Adhikari July 5, 2024

 

लण्डन(संयुक्त अधिराज्य), २१ आषाढ (बीबीसी) । बेलायतमा बुधबार सम्पन्न आम निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीलाई झट्का लागेको छ । ‘एक्जिट पोल’ भनिने मतसर्वेक्षणहरूले किअर स्टार्मरको लेबर पार्टीले अत्यधिक बहुमत हासिल गर्ने देखाएका छन्।

बीबीसीले स्टार्मर अब यूकेको नयाँ प्रधानमन्त्री बन्न सक्ने प्रक्षेपण गरेको छ।

विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यो पटक लेबर पार्टीले सरकार बनाउने मतसर्वेक्षणहरूले देखाएका छन्।

लेबरले ४ सय ५ सीट र प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले १ सय ५४ सीट जित्ने प्रक्षेपण गरिएको छ। एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ।

यूकेमा प्रधानमन्त्री चयनको अनौठो अभ्यास

कुल ६ सय ५० सदस्य रहने यूकेको संसद्‌मा बहुमतका लागि ३ सय २६ सीट आवश्यक पर्छ।

कहिले बन्छन् नयाँ प्रधानमन्त्री

यूकेमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

एउटै दलले बहुमत सीट हासिल गरेको अवस्थामा यूकेमा सप्ताहान्तअघि नै नयाँ प्रधानमन्त्री नियुक्त हुने ठानिएको छ।

नराम्रो चुनावी नजिता बेहोर्ने ठानिएका ऋषि सुनकले नतिजा आएको दिन नै ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोड्नु हुनेछ । संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्।

नवनिर्वाचित संसद्को बैठक जुलाई ९ मा बस्ने छ।

को हुन् स्टार्मर

कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बन्नुभएको हो।

लन्डनको ुहोबेन एन्ड सेन्ट प्यान्क्रसु क्षेत्रबाट निर्वाचित भएपछि उहाँ सांसद बन्नुभएको थियो।

लेबर पार्टीमा छाया गृहमन्त्रीको जिम्मेवारी पाउनुभएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो।

लेबरलाई दोस्रो विश्वयुद्धपछि दोस्रो धेरै मत

बीबीसी, आईटीभी न्यूज र स्काई न्यूजले गरेका एक्जिट पोलहरूमा दोस्रो विश्वयुद्धपछि लेबर पार्टीले सबैभन्दा दोस्रो धेरै सीट जित्ने देखिएको छ।

सन् १९९७ मा टोनी ब्लेअरले निकै फराकिलो जित हासिल गरेका थिए।

होबेन एन्ड सेन्ट प्यान्क्रसबाट निर्वाचित भए पछि स्टार्मरले “परिवर्तनको आरम्भ भएको” र आफूहरूले “काम गरेर देखाउने समय आएको” प्रतिक्रिया दिनुभएको छ।

स्टार्मरले सामाजिक सञ्जाल ुएक्सुमा आफ्नो पार्टीलाई विश्वास गरेर मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिनुभएको छ।

शीर्ष नेताहरूको पराजय

प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टीका कतिपय शीर्ष नेताहरूले समेत निर्वाचनमा पराजय बेहोरेका छन्।

रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित हुनुभएको छ।

मतसर्वेक्षणहरूले अर्थमन्त्री जेरमी हन्ट पनि आफ्नो क्षेत्रबाट पराजित हुन सक्ने जोखिम देखाएका छन्।

Share Now