Prakash Adhikari July 9, 2024

काठमाडौं, २५ आषाढ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगको पर्यटन विभागले विभिन्न जिल्लाका ५७ नयाँ हिमाल आरोहण खोल्ने सरकारलाई सिफारिश गर्ने तयारी गरेको छ ।

यसका लागि कसैबाट विरोध नहोस् र प्रवद्र्धनमा पर्यटन व्यवसयीको साथ र सहयोग रहोस् भनेर सरकारले राय सुझाव माग गरेको छ ।

विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिश गर्ने छ । विभागले आवश्यक तयारी पूरा गरेर गरेको सिफारिशलाई नै मन्त्रिपरिषदबाट स्वीकृति गराए मात्रै नयाँ हिमालको आरोहण खुला हुने भएको छ।

आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति चालु आर्थिक वर्ष २०८०र८१ को बार्षिक नीति तथा कार्यक्रमको बुँदा नंम्बर ७० मा भएको भएको व्यवस्था अनुसार नयाँ हिमाल आरोहण खुला गर्न लागेको हो ।

सरकारले नयाँ हिमाल खोल्दै पर्यटकलाई थप अवसर सिर्जना गर्ने पर्यटन विभागको भनाइ छ । सरकारले हालसम्म ४ सय १९ हिमाल आरोहणका लागि खुला गरेको छ । यसमध्ये अझै ६८ हिमालमा आरोहण नभएको भएपनि थप नयाँ हिमाल खोलेमा पर्यटक आकर्षित गर्न थप सहज हुने पर्यटन व्यवसायीहरुले माग गर्दै आएका थिए।

नेपालमा १ हजार ३ सय भन्दा बढी हिमाल रहेका छन्।

थप नयाँ हिमाल खुला गर्दा थप पर्यटक आकर्षित हुने पर्यटन व्यवसायीको दावी छ ।

Share Now