काठमाडौं, ९ साउन ।पोखरा उडे लगत्तै त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनाग्रस्त सौर्य एअरलाइनसको जहाजमा कम्पनीकै कर्मचारीहरु रहेको पाइएको छ।
सौर्य एयरलाइन्सले सार्वजनिक गरेको यात्रु विवरण अनुसार विमानमा चालकदलसहित १९ जना कर्मचारी सवार थिए। तिनमा पाइलट मनिषरत्न शाक्य र को-पाइलट सुशान्त कटुवाल थिए। दुर्घटनाग्रस्त जहाजको क्याबिनबाट उद्धार गरिएका पाइलट शाक्यको उपचार भइरहेको छ।
चालकदल बाहेक १७ जना व्यवस्थापनका कर्मचारी थिए। दुर्घटनामा परेकामध्ये अरेफ रेडा नामका एक कर्मचारी भने विदेशी हुन।
कम्पनीले सर्वाजनिक गरेको विवरण अनुसार दुर्घटनाग्रस्त विमानमा चालकदल बाहेक अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका थिए।