काठमाडौं, १८ साउन । नेपाल एसबिआई बैंक लि.ले साथै, नेपाल एसबिआई बैंकले बागलुड. र पोखराका एक एक शाखा स्थानान्तरण गर्नुका साथै बागलुड. कालिका मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं–०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा शुभारम्भ गरेका छन् ।
यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।
बागलुड. कालिका मन्दिरलाई सहयोग
बैंकले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत, राजेशकुमार पंडा, प्रमूख संचालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत नेपालमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


















