Prakash Adhikari August 2, 2024

 

थिम्पु९भुटान०, १८ साउन । भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष टोलीले आयोजक भुटानलाई पराजित गरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालको मान बहादर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले भुटानको टिमलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

नोली टोलीले समान २१–१४ र २१–१४ को सहज जित निकाल्यो । यसअघि हिजो सम्पन्न पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २–० कै सोझो सेटमा पराजित भएको थियो ।

महिलातर्फ भने नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरिसकेको छ ।

च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघले जनाएको छ । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् ।

दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।

Share Now