Prakash Adhikari August 12, 2024

 

पेरिस(फ्रान्स), २८ साउन । फ्रान्सको राजधानी शहर पेरिसमा आयोजना भएको ३३ औं गृष्मकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको छ । आइतवारबाट सबै खेल सकिएको ओलिम्पिक्समा २०० भन्दा बढी देशका खेलाडीहरू सहभागी थिए। कुल ३ सय २९ वटा पदकका लागि उनीहरूले विभिन्न ३२ वटा विधाका खेलमा प्रतिस्पर्धा गरे।

ओलिम्पिक्समा नेपाल यो पटक पनि पदकविहीन भएको छ।

यस पटक नेपालबाट सात जना खेलाडीले भाग लिएका थिए। नेपालले सहभागिता जनाएको अन्तिम खेल म्याराथुन आइतवार सकिएको थियो।

जुलाई २६ मा उद्घाटित प्यारिस ओलिम्पिक्समा जुलाई २७ का दिनदेखि नतिजा आउन थालेको थियो।

यो संस्करणको ओलिम्पिक्समा संयुक्त राज्य अमेरिका र चीनबीच सर्वाधिक स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको देखिन्छ।

आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, जापान, अष्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कास्यसहित ५३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको नेदरल्याण्ड्सले १५ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३४ पदक जितेको छ भने बेलायतले १४ स्वर्ण, २२ रजत र २९ कास्यसहित ६५ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० कास्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ४० पदक जित्दै इटाली नवौँ स्थानमा छ । जर्मनी १२ स्वर्ण, १३ रजत र ८ कास्यसहित कुल ३३ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।

 

हेर्नुहोस् पदक तालिका

र्‍याङ्क टीम स्वर्ण रजत कांस्य कुल
1
अमेरिका (यूएसए) country flagअमेरिका (यूएसए)
40 44 42 126
2
चीन country flagचीन
40 27 24 91
3
जापान country flagजापान
20 12 13 45
4
अस्ट्रेलिया country flagअस्ट्रेलिया
18 19 16 53
5
फ्रान्स country flagफ्रान्स
16 26 22 64
6
नेदरल्यान्ड्स country flagनेदरल्यान्ड्स
15 7 12 34
7
यूके country flagयूके
14 22 29 65
8
दक्षिण कोरिया country flagदक्षिण कोरिया
13 9 10 32
9
इटली country flagइटली
12 13 15 40
10
जर्मनी country flagजर्मनी
12 13 8 33
11
न्यूजील्यान्ड country flagन्यूजील्यान्ड
10 7 3 20
12
क्यानडा country flagक्यानडा
9 7 11 27
13
उज्बेकिस्तान country flagउज्बेकिस्तान
8 2 3 13
14
हङ्‌गेरी country flagहङ्‌गेरी
6 7 6 19
15
स्पेन country flagस्पेन
5 4 9 18
16
स्वीडन country flagस्वीडन
4 4 3 11
17
केन्या country flagकेन्या
4 2 5 11
18
नर्वे country flagनर्वे
4 1 3 8
19
आयरल्यान्ड country flagआयरल्यान्ड
4 3 7
20
ब्राजिल country flagब्राजिल
3 7 10 20
21
इरान country flagइरान
3 6 3 12
22
युक्रेन country flagयुक्रेन
3 5 4 12
23
रुमेनिया country flagरुमेनिया
3 4 2 9
24
जोर्जा country flagजोर्जा
3 3 1 7
25
बेल्जम country flagबेल्जम
3 1 6 10
26
बल्गेरिया country flagबल्गेरिया
3 1 3 7
27
सर्बिया country flagसर्बिया
3 1 1 5
28
चेक गणतन्त्र country flagचेक गणतन्त्र
3 2 5
29
डेन्मार्क country flagडेन्मार्क
2 2 5 9
30
अजर्बैजान  country flagअजर्बैजान
2 2 3 7
30
क्रोएशिया country flagक्रोएशिया
2 2 3 7
32
क्युबा country flagक्युबा
2 1 6 9
33
बाहरेन country flagबाहरेन
2 1 1 4
34
स्लोभीनिया country flagस्लोभीनिया
2 1 3
35
चाइनिज ताइपेई country flagचाइनिज ताइपेई
2 5 7
36
अस्ट्रिया country flagअस्ट्रिया
2 3 5
37
हङ्‌कङ country flagहङ्‌कङ
2 2 4
37
फिलिपिन्स country flagफिलिपिन्स
2 2 4
39
अल्जिरिया country flagअल्जिरिया
2 1 3
39
इन्डोनेशिया country flagइन्डोनेशिया
2 1 3
41
इजरेल country flagइजरेल
1 5 1 7
42
पोलन्ड country flagपोलन्ड
1 4 5 10
43
काजकस्तान country flagकाजकस्तान
1 3 3 7
44
जमैका country flagजमैका
1 3 2 6
44
दक्षिण अफ्रिका country flagदक्षिण अफ्रिका
1 3 2 6
44
थाईल्यान्ड country flagथाईल्यान्ड
1 3 2 6
47
इथियोपिया country flagइथियोपिया
1 3 4
48
स्विट्जरल्यान्ड country flagस्विट्जरल्यान्ड
1 2 5 8
49
एक्वडोर country flagएक्वडोर
1 2 2 5
50
पोर्चुगल country flagपोर्चुगल
1 2 1 4
51
ग्रीस country flagग्रीस
1 1 6 8
52
आर्जेन्टिना country flagआर्जेन्टिना
1 1 1 3
52
इजिप्ट country flagइजिप्ट
1 1 1 3
52
ट्यूनिशिया country flagट्यूनिशिया
1 1 1 3
55
बोट्स्वाना country flagबोट्स्वाना
1 1 2
55
चिली country flagचिली
1 1 2
55
सेन्ट लुशिया country flagसेन्ट लुशिया
1 1 2
55
युगान्डा country flagयुगान्डा
1 1 2
59
डोमिनिकन गणतन्त्र country flagडोमिनिकन गणतन्त्र
1 2 3
60
ग्वाटेमाला country flagग्वाटेमाला
1 1 2
60
मोरक्को country flagमोरक्को
1 1 2
62
डोमिनिका country flagडोमिनिका
1 1
62
पाकिस्तान country flagपाकिस्तान
1 1
64
टर्की country flagटर्की
3 5 8
65
मेक्सिको country flagमेक्सिको
3 2 5
66
आर्मीनिया country flagआर्मीनिया
3 1 4
66
कोलम्बिया country flagकोलम्बिया
3 1 4
68
किर्गिजस्तान country flagकिर्गिजस्तान
2 4 6
68
उत्तर कोरिया country flagउत्तर कोरिया
2 4 6
70
लिथुएनिया country flagलिथुएनिया
2 2 4
71
भारत country flagभारत
1 5 6
72
मोल्डोभा country flagमोल्डोभा
1 3 4
73
कोसोभो country flagकोसोभो
1 1 2
74
साइप्रस country flagसाइप्रस
1 1
74
फिजी country flagफिजी
1 1
74
जोर्डन country flagजोर्डन
1 1
74
मङ्गोलिया country flagमङ्गोलिया
1 1
74
प्यानमा country flagप्यानमा
1 1
79
ताजिकिस्तान country flagताजिकिस्तान
3 3
80
अल्बेनिया country flagअल्बेनिया
2 2
80
ग्रनेडा country flagग्रनेडा
2 2
80
मलेशिया country flagमलेशिया
2 2
80
पोर्टो रिको country flagपोर्टो रिको
2 2
84
आईभरी कोस्ट country flagआईभरी कोस्ट
1 1
84
केप भर्ड country flagकेप भर्ड
1 1
84
पेरू country flagपेरू
1 1
84
कतार country flagकतार
1 1
84
सिङ्गापुर country flagसिङ्गापुर
1 1
84
स्लोभाकिया country flagस्लोभाकिया
1 1
84
जाम्बिया country flagजाम्बिया
1 1
Share Now