Prakash Adhikari June 18, 2018

हेटौडा(मकवानपुर), ४ असार । नेपाली कांग्रेसले सुप्रसिद्ध चिकित्सक उपेन्द्र देवकोटाको निधन नेपाल र दक्षिण एशियाको चिकित्सा क्षेत्रको लागि अपूरणीय क्षति भएको जनाएको छ ।

जिल्ला सभापतिहरुको भेलाको पूर्व संध्यामा सोमबार साँझ हेटौडामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले डा. देवकोटाको निधनले पार्टी परिवारलाई अत्यन्तै दुःखीत तुल्याएको बताउदै भनेको छ, हजारौं जिवन बचाउन सफल डा.देवकोटाको असामयिक निधन राष्ट्रको लागि ठूलो क्षतिको घटना हो । चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणीय क्षतिको घटना पनि हो ।

नेपाली कांग्रेसले दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा डा. उपेन्द्रले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहि रहने विश्वास व्यक्त गरेको छ ।

कांंग्रेसले डा. उपेन्दको दिवंगत आत्मालाई स्वर्गमा शन्ति मिलोस भन्ने कामना गर्दै केन्द्रीय कार्यसमितिको वैठकलमा एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परीवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेको थियो ।

Share Now

Leave a comment.