Prakash Adhikari June 18, 2018

 

मस्को(रुस),४असार। विश्वकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न बेल्जियम र पनामाबीचको खेलमा बेल्जियमले पनामालाई ३-० ले पराजित गरेको छ।

साविक बिजेता बेल्जियमलाई पनामाले पहिलो हाफमा राम्रो टक्कर दिएको थियो।

पहिलो हाफ गोल बिहिन अवस्थामा सकिएको खेलमा बेल्जियमले दोस्रो हाफमा ३ गोल गरेको हो।

खेलको ४७औं मिनेटमा ड्रियस मरटेन्सले गोल गर्दै बेल्जियमलाई १-० को अग्रता दिलाएलका थिए।

त्यसको २२ मिनेटपछि रोमेलु लुकाकुले ६९औं मा अर्को गोल गरे । र त्यसको लगत्तै ७५ औं मिनेटमा उनले अर्को गोल गरेका थिए।

पनामाले पहिलो पटक विश्वकप अन्तिम चरणमा भाग लिईरहेको छ भने बेल्जियमको यो १३औं सहभागिता हो।

Share Now

Leave a comment.