Prakash Adhikari June 18, 2018

मस्को(रुस), ४ असार । दक्षिण कोरियालाई १—० ले हराउँदै स्वीडेनले विजयी सुरुवात गरेको हो।

नोवगोरोड़ स्टेडियममा भएको खेलमा स्वीडेनले पेनाल्टीमा गोल गर्दै कोरियालाई रोकेको हो।

स्वीडेनका लागि कप्तान एन्डे्रस ग्रान्कभिस्टले ६५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

दक्षिण कोरियाका किम मिन वुले स्वीडेनका भिक्टरलाई पेनाल्टी बक्समा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिएको हो ।

योसँगै समूह एफबाट स्वीडेनले ३ अंक जोडेको छ। समूहमा मेक्सिकोको पनि समान ३ अंक जोडेको छ ।

मेक्सिकोले जर्मनीलाई आइतबार १ – ० ले पराजित गरेको थियो।

Share Now

Leave a comment.