मान्म (कालीकोट), २५ कात्तिक : कालीकोटको् पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया रहेका छन् ।
यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ ।
घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशीक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । पलाता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
कर्णाली प्रदेशरका मुख्यमन्त्री यामलाल कँडेलले कालीकोट जीप दुर्घटनाका घाइतेको प्रभावकारी रूमिा उपचार गर्न निर्देशन दिनुभएको छ ।
दुर्घटना भएलगत्तै उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नुभएका मुख्यमन्त्री कँडेलले उपचार शीघ्र र प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।
उहाँले थप मानवीय क्षति हुन नदिने गरी चिकित्सकलाई उपचारमा खटिन आग्रह गर्नुभयो । आज दिउँसो कालीकोटको पलाँता गाउँपलिका–५ स्थित खिनदेखि थिर्पुअर्फ जाँदै गरेको क ००१ ज ५६ नम्बरको बोलेरो जीप सोही गाउँपालिका–३ को राडुनेटा भन्ने स्थान दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी पलाता गाउँपालिका–६ का दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, सोही पालिकाका–५ का छाया शाही र वडानं ३ का दमन रोकायाको घटनास्थल र चालक धनिराम रावतको उपचारको क्रममा सुर्खेतमा मृत्युु भएको जनाइएको छ । घाइते १२ जनाको उपचार भइरहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।