
काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आइतबार बेलुकी आफ्नै निवासमा हृदयघात भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो ।
अस्पतालमा शाहको मुटुमा स्टेन लगाइएको छ । अहिले उहाँको अवस्था सुधारोन्मुख रहेको छ । उहाँ अझै तीन दिन अस्पतालमै बस्ने बताइएको छ ।
यसअघि पनि पूर्वयुवराज पारसलाई तीन पटक हृदयघात भएको थियो । थाइल्याण्डमा रहँदा पनि पारसलाई हृदयघात भएको थियो । २०७५को माघमा हृदयघात हुँदा पनि उहाँको नर्भिक अस्पतालमै उपचार गरिएको थियो । अर्को एक पटक पनि उहाँलाई हृदयघात भएको थियो ।