लण्डन(संयुक्त अधिराज्य), ३० असार । विश्वका सर्वशक्तिमान राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पहिलो बेलायत भ्रमणमा महारानी एलिजावेथ द्धितियसंगको भेटपछि स्थानीय सामाजिक सञ्जालमा निकै आलोचित बनेका छन् ।
महारानीसंगको भेटमा उनले शिष्टाचार पालना गर्न नसकेको भन्दै उनीमाथि संस्कारबिहिनको आरोप लागेको छ । उनीसंग राजकीय परम्परा,मर्यादा,व्यबहारको सामान्य ज्ञान समेत नभएको भन्दै शिष्टाचार र परम्पराका धनी बेलायतीहरुले चर्को आलोचना गरेका छन् ।
https://twitter.com/JoGasiorowska/status/1017802768994598912
बेलायती र पश्चिमा सञ्चार माध्यम सहित बेलायती नागरिकहरुका सामाजिक सञ्जालका पोष्टहरुमा उनले दुईवटा भुल्न नसकिने गल्ती गरेको जनाईएको छ ।
https://twitter.com/JoGasiorowska/status/1017840475103825920
पहिलो ट्रम्प दम्पतिले महारानी एलिजावेथ द्धितीयलाई उनको विण्डसायरस्थित राजदरबारमा भेट्दा टाउकोसम्म निहुर्याएनन, ठाडठाडै भेटे । बेलायती परम्परामा महारानीसंग भेट गर्दा शिर केही झुकाउनु पर्दछ भन्ने मान्यता छ । उनीहरुले सीधै हात मिलाए । महारानीको शरीर छुने विषय पनि आलोचनाको विषय रहेको छ ।
शिष्टाचार नै नसुहाउदो ब्यबहार अमेरिकी राष्टपति टम्पले विण्डसायर दरबारमा उनको सम्मानमा दिएको गार्ड अफ अनर लिने बेलामा देखाए ।
https://twitter.com/SimonNRicketts/status/1017822281115013121
गार्ड अफ अनर लिने क्रममा आतिथेय र अतिथि दुवै समान गतिमा हिड्ने प्रचलन संसारभरी छ । तर अमेरिकी राष्ट्रपतिले ९२ बर्षीय बेलायती महारानीको कुनै ख्यालै गरेनन, फटाफट अगाडि हिडिदिए । महारानीले उनलाई समातेर संगै हिड्ने प्रयत्न गर्नुपर्यो । त्यसपछि पनि उनले महारानीलाई उछिनेर अगाडी पाइला सारे ।
बेलायती सञ्चार माध्यमहरुले विगत ६० बर्षदेखि राज्यको संरक्षकत्व गरिरहेकी महारानी एलिजावेथ परिपक्व र अनुभवी महारानी रहेको भन्दै उनीमाथि अमेरिकी राष्ट्रपतिबाट अमर्यादित व्यबहार भएको उल्लेख गरेका छन् ।
महारानी एलिजावेथले राष्ट्रपति ट्रम्पसहित अमेरिकाका १२ जना राष्ट्रपतिहरुलाई भेटिसकेकी छन् ।