दिल्ली(भारत), ४ वैशाख । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ।
१२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो। केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाएका थिए।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। रियान पराग र यशस्वी जैसवाल रनआउट भएका थिए । रियान फ्रि हिटमा रन आउट भएका थिए।
छैंटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो । ४ अंकसहित टोली आठौं स्थानमा छ।
त्यसअघि दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। जारी आइपिएलमा सुपर ओभरमा नतिजा निस्केको यो पहिलो खेल हो।
खेल सुपर ओभरमा
राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सलाई खेल सुपर ओभरमा गएको छ।
जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको नोक्सानीमा १ सय ८८ रन बनायो ।
अन्तिम ओभरमा जितको लागि राजस्थानलाई ९ रनको आवश्यकता थियो। तर टोलीले ८ रन मात्र बनाउन सक्यो। मिचेल स्टार्कले अन्तिम ओभर बलिङ गरेका थिए।
टोलीका लागि ओपनर यशस्वी जैसवाल र नितिश राणाले अर्धशतकीय इनिङ खेले। यशस्वी र कप्तान संजु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । संजु ३१ रन बनाएर रिटायर्ड हर्ट भए ।
यशस्वीले ३७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन बनाए । रियान पराग ८ रनमा आउट भए। नितिशले २८ बलमा ६ चौका र २ छक्काका साथ ५१ रननै बनाए ।
ध्रुव जुरेल २६ र सिमरन हिमेयर १५ रनमा नटआउट रहे।
दिल्लीका मिचेल स्टार्कले, अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए।
अरुण जैटली स्टेडियममा त्यसअघि राजस्थानले टस जितेर दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन जोड्यो।
अभिषेक पोरेलले ३७ बलमा ५ चौका र १ छक्का सहित ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। केएल राहुलले ३८ रन बनाउँदा कप्तान अक्षर पटेलले ३४ र ट्रिस्टान स्टब्स अविजित ३४ रनमा रहे।
बलिङमा जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए।


















