टोरण्टो ( क्यानडा), १२ साउन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचन (वर्ष २५–२७) मा उहाँले १ हजार ५ सय ३२ मत प्राप्त गरि बिजयी हुनुभयो । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो।
अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १ हजार ३ सय ५७ मत, विद्याभूषण कार्कीले १ हजार १सय ८, किरोज श्रेष्ठले ८सय ४८ मत, र सुरज अधिकारीले २ सय ८३ मत पाउनुभएको थियो ।
एनआरएनए क्यानडामा ६ हजार १५ जना मतदाता रहेकोमा ५ हजार १ सय ७९ जना मतदानमा सहभागी भएका थिए ।
एनआरएनए क्यानडाको महासचिवमा सर्मिला रानाभाट विजयी हुनुभएको छ । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेण्ट्र्लमा प्रतीक भण्डारी र वेस्टर्नमा विशाल थापा बिजयी हुनुभएको छ । कोषाध्यक्षमा इन्डिरा रिजाल, सह कोषाध्यक्षमा जीआर भण्डारी, सचिवमा विजय लम्साल विजयी हुनभुएको छ । त्यस्तै युथ कोअर्डिनेटरमा हेमराज काफ्ले विजयी हुनुभयो ।
त्यसैगरी आईसीसी सदस्यमा कमल भट्टराई, विशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई, दिनेश घिमिरे निर्वाचित हुनुभएको छ । सदस्यहरूमा एट्लान्टिकबाट सुनिल घिमिरे, मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी, ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिलातर्फ बिष्णुमाया क्षेत्री, लण्डन सिटीबाट विजय तमाङ र शिव डल्लाकोटी विजयी हुनुभएको छ ।
पाँच पदाधिकारी र सदस्यहरु पनि सर्वसम्मत
एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत विजयी हुनुभएको छ ।
शनिवार स्कारबोरो भएको साधारण सभाले उहाँहरुलाई सर्वसम्मत विजयी बनाएको हो । ती पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाचै जनालाई सर्वसम्मत विजयी गराईएको बताइएको छ ।
उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पन्डित र युवा सम्योजक (महिला) पदमा स्विकृती खड्काको एकल उम्मेदवारी परेकोले दुवै जना निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी उत्तरी ओन्टारीयोको सट्बरीबाट बिनोद गुरुङ, नोभा स्कोसीया÷पीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायगराबाट भरतकुमार शर्मा, किचनर÷वाटरलुबाट मनोज भण्डारी, मनितोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दहाल, ब्रिटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सर्रेबाट विनोद शर्मा, भानकुवरबाट गोविन्द क्षेत्री निर्विरोध विजयी हुनुभएको छ ।
अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिलातर्फ ईश्वरी केसी र सगुन पाण्डे, क्यालगरीबाट खुमाराज पाण्डे, भिम तिवारी र महिलातर्फ प्रिन्जिया ढुङेल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।


















