Prakash Adhikari July 31, 2025
काठमाडौँ, १५ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताहरूबीच छलफल भएको छ ।
सत्ता साझेदार दलका नेताहरूबीच मन्त्रिपरिषद हेरफेर, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बालुवाटार स्राेतकाे भनाइ छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो ।
Share Now