Prakash Adhikari November 14, 2025

काठमाडौं, २८ कार्तिक । बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको‌ छ।

नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव राजीव श्रेष्ठलगायतले आज आयोजित एक विशेष कार्यक्रममा बिदाइ गरेका हुन्।

शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने यस वर्षको विश्वकपमा नेपालसहित बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र सहभागिता रहेको बताइएको छ नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालले पहिलो खेल सोमवार खेल्ने छ।

मनमती विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा ,जयन्ती बडु,बिना चौधरी आशिका कान्वार ,गंगा घिमिरे ,मीना नेपाली ,मैनुका कुमारी राजबंशी ,सृजना कुमारी थारू, उरुषा शाक्य ,मनिषा जोशी ,अस्मा यादव ,बिनिता पण्डित क्षेत्री ,सञ्जु थामी ,सिर्जना धानुक रहेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बिष्णुदत्त भट्ट ,सहायक प्रशिक्षक हरिना थापा , व्यवस्थापक शरद दर्शन्धारी र प्राविधिक अधिकृत रमेशचन्द्र ओझा रहेका छन् ।

Share Now