काठमाडौँ, २ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित ग¥यो ।
विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई÷दुई तथा बसिर अहमद र सूर्य तामाङले एक÷एक विकेट ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो । यो एनपिएल इतिहासकै उच्च स्कोर थियोे ।
यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । विराटनगरले यसपटक आफ्नै रेकर्डलाई तोड्यो । यसमा लोकेश बम र मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले । गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन हिर्काए। लोकेश ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रनमा आउट भए।
गुप्टिल र लोकेशले दोस्रो विकेटका लागि १३२ रनको साझेदारीसमेत गरे । यस्तै, शुभम रन्जनेले १६ बलमा ३८, बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । बलिङतर्फ पोखराका मार्ट टेलरले २, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।
काठमाडौँ, २० भदौः विश्वभर बढ्दो हरितगृह ग्यास उत्सर्जनका कारण औसत तापक्रम बढिरहेको छ । तर, अन्य भूभागको तुलनामा हिन्दूकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धिको दर विश्वव्यापी औसतभन्दा निकै बढी छ । […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
चितवन, २३ भदौः नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]