Prakash Adhikari March 9, 2026

 

रियाद(साउदी अरेबिया), २५ फागुन(बीबीसी) । इरानको नयाँ सर्वोच्च नेतामा मोज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उहाँका बुबा आयातोल्लाह अली खामेनेई पछिल्लो अमेरिकी र इजरायली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिनुभएको थियो।

उहाँको पहिचान रेभोलुसनरी गार्डनिकट रहेका कट्टरपन्थी व्यक्तिको रूपमा छ। जसले गर्दा यस चयनसँगै तेहरान अझै लडाइँका लागि प्रतिबद्ध देखिएको रूपमा हेरिएको छ।

मोज्तबाका तर्फबाट हालसम्म कुनै अभिव्यक्ति आएका छैनन् तर यसअघि नै राष्ट्रपति ट्रम्पले आफ्नो पूर्वस्वीकृति नलिइए नयाँ नेता धेरै बेर नरहने चेतावनी दिनुभएको थियो ।

अली खामेनेईका छ सन्तानमध्ये मोज्तबा दोस्रो हुन्।

अमेरिका र इजरेलले के भनेको छ

ूखामेनेईका छोरा मलाई अस्वीकार्य छ,ू ट्रम्पले यसै साताको सुरुमा भन्नुभएको थियो।

उहाँले केही घण्टा अघि मात्र आफ्नो स्वीकृति बिना उक्त पद सम्हाल्ने व्यक्ति ूलामो समय टिक्ने छैनू भन्नुभएको थियो।

मोज्तबालाई नयाँ सर्वोच्च नेताको रूपमा पुष्टि गर्नुअघि इजरायलले एक चेतावनी जारी गरेको छ।

इजरायलले आफूहरूले मारिएका आयतोल्लाहका हरेक उत्तराधिकारीलाई पछ्याउने काम जारी राख्ने जनाएको छ।

नयाँ इरानी नेताबारे के थाहा छः

उहाँको जन्म सन् १९६९ को सेप्टेम्बर ८ मा उत्तरपूर्वी सहर मशहदमा भएको हो।

उहाँले आफ्नो माध्यमिक शिक्षा तेहरानको एक धार्मिक विद्यालय अलावीबाट प्राप्त गर्नुभयो ।

इरानी सञ्चारमाध्यमका अनुसार १७ वर्षको छँदा मोज्तबा छोटो अवधिका लागि इरानइराक युद्धको समयमा सेनामा हुनुहुन्थ्यो।

त्यसबेला चलेको आठ वर्षको रक्तपातपूर्ण द्वन्द्वले इरानी सत्तालाई अमेरिका एवं इराकलाई समर्थन गर्ने पश्चिमाहरूप्रति अझ बढी सशङ्कित बनाएको थियो।

सन् १९९९ मा उहाँ आफ्नो धार्मिक अध्ययन जारी राख्न सिया धर्मशास्त्रको महत्त्वपूर्ण केन्द्र मानिने पवित्र सहर कोममा जानुभयो।

उहाँले त्यसबेलासम्म धर्मगुरुको पोसाक नलगाउनुलाई उल्लेख्य मानिने गरिन्छ।

उहाँले न कहिल्यै कुनै सरकारी पद सम्हाल्नुभएको छ न त सार्वजनिक भाषण वा अन्तर्वार्ता नै दिनुभएको छ ।

सीमित सङ्ख्यामा मात्र उहाँका तस्बिर र भिडियोहरू प्रकाशित भएका छन्।

यद्यपि आफ्ना बुबाको गेटकिपरका रूपमा उनको प्रभावका बारेमा लामो समयदेखि विभिन्न चर्चा हुने गरेका छन्।

एसोसिएटेड प्रेसका अनुसार सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले प्रकाशित गरेका अमेरिकी कूटनीतिक पत्राचारहरूमा उहाँलाई पोसाक पछाडिको शक्ति भनेर वर्णन गरिएको छ।

त्यसमा उहाँलाई व्यापक रूपमा उक्त शासनसत्ता भित्र सक्षम र शक्तिशाली नेताको रूपमा मानिन्थ्यो।

Share Now