Prakash Adhikari March 9, 2026

 

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको २१ फागुनमा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रको मत परिणाम घोषणा भएको छ।

निर्वाचन आयोगको निर्देशन अनुसार रोकिएको धनुषा क्षेत्र नं १ को मत गणना गरिएको र इलाम र संखुवासभाको निर्वाचन परिणाम आज सार्वजनिक भएसंगै प्रत्यक्षतर्फको सबै क्षेत्रको परिणाम आएको हो । पछिल्लो घोषित परिणाम अनुसार धनुषा १ को परिणाम नेकपाको पक्षमा गएको छ । रास्वपाबाट उम्मेदवारी दिनुभएका किशोरी साह कमलको उम्मेद्वारी निर्वाचन आयोगले अयोग्य घोषित गरेपनि मतपत्रमा निर्वाचन चिन्ह रहेको र घण्टीको भोट सर्वाधिक भएकोले रास्वपाका उम्मेद्वारको लिखित अनुरोधमा निर्वाचन अधिकृतबाट रोकिएको मतगणनाको परिणाम आजै घोषणा गरिएको थियो । सो क्षेत्रबाट नेकपाका मातृका यादव विजयी बन्नुभएको छ । इलाम १ नेपाली कांग्रेसका निश्कल राईले जित्नुभएको छ भने संखुवासभामा नेकपा एमालेका डा.अर्जुन कार्की विजयी बन्नुभएको छ।

घोषित परिणाम अनुसार १ सय २५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ। नेपाली कांग्रेसले १८ सीट जितेको छ भने नेकपा एमालेले ९ । प्रचण्ड संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टीले ८ सीट जितेको छ भने हर्क साम्पाड. राईको श्रमसंस्कृति पार्टीले ३ सीट । एक सीट राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । स्वतन्त्र उठ्नुभएको महाविर पुनले पनि म्याग्दीबाट चुनाव जित्नुभएको छ ।

प्रत्यक्षतर्फ अन्तिम परिणाम आइसकेका स्थानमा समानुपातिक मत गनिएको छ। अहिलेसम्मको परिणाममा रास्वपा अग्र स्थानमा छ। त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी छन्।

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ। प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सीट पाउँछ।

यहाँ देखिने सङ्ख्याले अहिलेसम्म पार्टीहरूको पक्षमा गएको मतको अनुपातका आधारमा केवल सम्भावित सीटलाई सङ्केत गर्छ। सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ।

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ। प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलले समानुपातिक मतदानतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र समानुपातिक प्रणालीतर्फ सीट पाउँछ। सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ।

पार्टीको नाम                                                       प्राप्त मत                                          सम्भावित सीट
राष्ट्रिय स्वतन्त्र पार्टी                                            ४,८१४,२५९                                                   ५८
नेपाली काँग्रेस                                                   १,६२०,०३५                                                     १९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)                           १,३४९,२०२                                                     १६
नेपाली कम्युनिष्ट पार्टी                                         ७३३,५८२                                                        ९
श्रम संस्कृति पार्टी                                                ३४१,०७१                                                        ४
राष्ट्रिय प्रजातन्त्र पार्टी                                            ३१५,८१८                                                       ४

स्रोतः निर्वाचन आयोग

(बीबीसी नेपाली सेवाबाट)

Share Now