Prakash Adhikari March 24, 2026

जैपुर(राजस्थान,भारत),११ चैत्र । विश्वको सबैभन्दा ठूलो खेलकूद प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ संस्करण शुरु हुन ४ दिन बाँकी रहँदा त्यसभित्रको एक फ्रेन्चाइज टिम राजस्थान रोयल्स मोटो रकममा बिक्री भएको छ ।

उक्त टोलीलाई एकलरुपमा अमेरिकी व्यापारी काल सोमानीले १.६३ विलियन डलर (नेपाली रुपैयाँ करिब २ खर्ब १७ अर्ब ६० करोड) मा खरिद गरेका हुन् । उनले किन्नु अगाडि उक्त कम्पनीको सबैभन्दा ठूलो मालिक भारतीय व्यापारी मनोज बडाले थिए ।

यो विश्वका कुनै पनि खेलकुद प्रतियोगिता फ्रेन्चाइचहरुको उच्च मूल्यको खरिद बिक्रीमा गएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । खेलकूदमा विश्वको सबैभन्दा ठूलो रकममा भएको फ्रेन्चाइज खरिद भने अमेरिकाको लस एञ्जेल्स् ल्याकर बास्केट बल फ्रेन्चाइज हो जुन सन २०२५ को जुलाईमा १० अर्ब डलर मूल्यमा खरिदबिक्री भएको थियो । यसलाई वित्तीय सेवाका टाइकून गुगनहेम पार्टनर्सले लिएका थिए । उनी बेस बल फ्रेन्चाइज लस एञ्जेल्स डोड्जरका पनि मालिक हुन् ।

भारतीय क्रिकेट बोर्डले औपचारिक सहमति प्रदान गरेपछि यो खरिद बिक्रीले पूर्णता पाउने बताइएको छ । आईपीएलको नयाँ सिजन यसै सातादेखि शुरु हुँदैछ ।

Share Now