Prakash Adhikari April 14, 2026

काठमाडौं, १ वैशाख । नेपालमा पेट्रोलियम पदार्थको आयात,बिक्री र वितरणको लागि स्थापना गरिएको नेपाल आयल निगमले इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण निगमले नचाहादा नचाहदै पनि पटकपटक मूल्य बृद्धि गर्न परेको जानकारी दिएको छ ।

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै निगमले विगतमा भारतबाट खरिद् गरिने मूल्य अनुसार नेपालमा मूल्य समायोजन गििरएको भएपछि इरान युद्धपछि उपभोक्ताको हितलाई ध्यानमा राखेर घाटा सहेर मूल्य वृद्धि गरिएको स्पष्ट पारेको छ । निगमले भनेको छ, “निगमले पछिल्लो पटक इण्डियन आयल कर्पोरशनवाट मार्च ३१, २०२६ मा प्राप्त मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु.२२१।३२, डिजेलमा प्रति लिटर रु.२९४।९९, मट्टीतेलमा प्रति लिटर रु. २४३।७०, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु.२५७।९२। हवाई इन्धन वाह्यतर्फ प्रति लिटर रु. २६३।८० र एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. २,३४१।२५ निगमको लागत पर्न गएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ । प्राप्त दररेट अनुसार पेट्रोलियम पदार्थको लागत मूल्य बढी र बिक्री मूल्य कम भएको कारणले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रति लिटर रु. २।३२। डिजेलमा प्रति लिटर रु. ८७।९९, मट्टितेलमा रु. ३६।७० र एल.पी. ग्यासमा प्रति सिलिण्डर रु. ३३१।२५ घाटा कायम नै रही पाक्षिक (१५ दिनमा) करिव ७ अर्व ८१ करोड ६१ लाख अझै घाटा हुने अवस्था छ ।”

निगमले आपूर्ति व्यवस्थापन सहज गराउनका लागि अपनाएका विधिले आपूर्ति सहज भइरहेको बताउदै अन्तर्राष्ट्रिय परिवेशले सिर्जना हुन गएको हालको परिस्थितिलाई मध्यनजर गर्दै यथार्थताको मूल्यांकन गरिदिन आमउपभोक्ता वर्गमा हार्दिक अनुरोध गरेको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने कममा भएपछि सोही अनुसार मूल्य समायोजन हुने पनि जानकारी दिएको छ ।

सायद ब्लुप्रिन्ट र पाठ को फोटो हुनसक्छ

Share Now