काठमाडौँ, ४ वैशाखः सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा आज फैसला सुनाउने सक्ने संभावना देखिएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहिबार सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको छ ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले रीट निवेदन दायर गर्नुभएको थियो ।
बिहिबार रिट निवेदकका पक्षका वकिलहरुको बहस सकिएपछि महान्यायाधिवक्ता र निर्वाचन आयोगका वकिलहरुले बहस गर्नुभएको थियो । आज प्रतिपक्षी विशेष महाधिवेशनवाला नेपाली कांग्रेसका वकिलको बहस पछि रिट निवेदकको तर्फबाट संक्षिप्त जवाफी बहस हुने र फैसला हुनसक्ने बताइएको छ ।
(((


















