Prakash Adhikari May 25, 2026

काठमाडौं, ११ जेठ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उहाँहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

गत वैशाख १८ गते जारी अध्यादेश अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्नेछन् ।

तर, विशेष अदालतको साटो काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उहाँहरु दुवै जनालाई पक्राउ नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।

Share Now