काठमाडौँ, २२ जेठ । राजावादी पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएर निस्कनुभएका नेता धवलशमशेर राणाले राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसग मिलेर नयाँ पार्टी बनाउने हुनुभएको छ । दुवै जनाबीच शुक्रवार राजधानीमा यससम्बन्धी सहमति भएको छ।
प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस्ता छन् सहमतिका आधारहरू
१)नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्ध सहितको सनातन हिन्दु अधिराज्य
२)राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन ।
३)राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी सङ्घीयता ।
४)एक पटकको नेपाली सधैँको नेपाली र दोहोरो नागरिकता राख्न पाउनुपर्ने व्यवस्था ।
५) लघुवित्त, सहकारी, बैक र मिटरव्याजीबाट कालो सूचीमा पारिएका भूमिविहीन सुकुमबासी नेपाली नागरिकको दिगो समस्या समाधान ।
६)असंलग्न परराष्ट्र नीति ।
७) सुशासन र भ्रष्टाचारमुक्त समाज ।
८ं)स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र ।
९) विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, सङ्गठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा ।
१०) नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता ।
११)नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन ।
यो सहमतिसँगै मलमास सकिएपछि नयाँ पार्टी घोषणा हुने स्रोतले बताएको छ ।








