काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापासंग भेट नभएको ३१ वितेको बताउनुभएको छ ।
आइतबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उहाँले यसको जानकारी दिनुभएको हो । मौन रहेर बस्दा पार्टीभित्र अनेकौ अफवाह र भ्रमको खेती सुरु भएको बताउदै देशभरका कांग्रेसजनलाई सत्य कुरा अवगत गराउन आफू स्टाटस लैख्न बाध्य भएको उहाँले बताउनुभएको छ ।
उहाँले आफ्नो स्टाटसमा भन्नुभएको छ,”विभिन्न सामाजिक संजाल र संचार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारिहरु, नेताहरु र क्रियाशिल सदस्य साथीहरु सबैमा म प्रष्ट पार्न चाहान्छु, सभापति गगन कुमार थापाजि संग मेरो कुनै पनि प्रकृतिको
सम्पर्क (संवाद नभएको आज ३१ दिन भयो ।”
उहाँले दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि ईमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति नभएको बताउँदै भन्नुभएको छ,”अहिले आएर केही दिन यता पार्टीका बारेमा चलाईएका यथार्थ भन्दा फरक हल्ला र विकसित घटनाक्रमबाट म चिन्तित भएको छु।”
“१५ औ महाधिवेशनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशिल सदस्य साथीहरुलाई अध्यावधिकको नाममा दिईएका दबाबका कुराहरु देशैभरिबाट फोनबाट ४-५ दिन दखि मलाई साथीहरुले जुन तरिकाले जानकारी गराई राख्नु भएको छ यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गंभीर ध्यानाकर्षण गराउन चाहान्छु।” उहाँले भन्नुभएको छ,”हामीले १५ औ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशिल सदस्यता लिएका साथीहरुलाई अध्यावधिक नगरेको निहुमा कसैलाई १५ औ महाधिवेशनमा भाग लिनबाट कसैले बन्चित गर्न गराउन सक्तैन।सबैलाई महाधिवेशनमा स्वतःभाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो, ढुक्क हुनुस ।”
“नेताहरुको क्रियाशिल सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराईदिन्छ भन्ने दुई दिन देखि फैलाईएका अफवाहहरु पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र हुन् ।”, उहाँले भन्नुभएको छ ।








