Prakash Adhikari June 8, 2026

काठमाडौं, २५ जेठ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो।

 

यस दिन चाँदी प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Share Now