Prakash Adhikari June 8, 2026

सिंगापुर, २५ जेठ। एशियाली खेलको पुरुष छनोट अन्तरगत आज भइरहेको नेपाल र हंगकंग विचको फाइनल खेलमा हंगकंगले नेपालसमक्ष १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिड. रोजेपछि ब्याटिड.मा उत्रिएको हंगकंगले २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको हो ।

हंगकंगका लागि अन्शुमान रथ र शाहिद वासिफको ८४ रनको विशाल साझेदारी गरे ।
हङकङका ओपनर अन्शुमानले सर्वाधिक ८० रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। वासिफले भने २८ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले।

खेलमा शिव माथुर २६ रनमा आउट भए । यास्मिन मुर्तजाले ९,नस्रुल्ला रानाले ८, मोहम्मद हसद खान र निजाकत खानले २ ।२ रन, बाबर ह्यात खाता खोल्न सकेनन भने इशन खान ० रनमा नटआउट रहे ।

हंगकंगलाई रोक्ने क्रममा नेपालका शेर मल्लले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। करण केसीले २ विकेट लिँदा सन्दीपले १ विकेट झारे।

Share Now