Prakash Adhikari June 8, 2026

 

सिंगापुर, २५ जेठ । नेपाली राष्ट्रिय टी २० क्रिकेट टोलीका कप्तान तथा अल राउन्डर दीपेन्द्रसिंह ऐरीले नोपलको लागि नयाँ कीर्तिमान कायम गरेका छन् । आजको खेलमा मैदान प्रवेश गरेका उनी नेपालको लागि टी २० आईमा एक सयौँ खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। उनी आज चौथो क्रममा मैदानमा उत्रिएका छन् ।

उनले यस पहिले ९९ खेल खेलेर ८५ इनिङ्समा एक शतक र १२ अर्धशतक प्रहार गर्दै कुल २ हजार २ सय २१ रन बनाएका छन्। टि – २० आईमा उनले मलेसिया विरूद्ध बनाएको अविजित १ सय १० रन व्यक्तिगत उच्च स्कोर हो।

उनका नाममा विश्व कीर्तिमान पनि रहेको छ। उनी सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी हुन्। गत एसियाड उनले मंगोलियाविरूद्ध ९ बलमा अर्धशतक बनाएका थिए।

उनी २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन्।‌ यसपछि जारी छनोटमा कुशल भुर्तेलले २ हजार रनको आँकडा पार गरेका थिए।

बलिङमा उनले ९९ खेलमा ७२ इनिङ्स खेल्दै ६२ विकेट लिएका छन्। दीपेन्द्रले टी २० आई खेलमार्फत नेपाली क्रिकेटमा अर्को ऐतिहासिक अध्याय थप्नेछन्। पछिल्लो समय उनी उच्च लयमा छन्।

Share Now