Prakash Adhikari July 22, 2026

आर्मस्टर्डम(नेदरल्याण्ड्स), ५ साउन । आईसीसी लिग २ अन्तर्गतको नेदरल्याण्ड्स सेरिजको पहिलो खेल नेपालले गुमाएको छ ।

खेलमा नेपालको प्रदर्शन ब्याटिड. र बलिड. दुवैमा खराब रह्यो । परिणाम नेपाल ८ विकेटको पराजय ब्यहोर्न बाध्य भयो ।

टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले ५० ओभरको खेलमा ४६.५ ओभरमा अल आउट हुँदै जम्मा १ सय ५७ रन जोड्यो ।

जितको लागि १ सय ५८ रनको लक्ष्य पाएको नामिबियाले ३७.४ ओभरमा २ विकेटको नोक्सानीमा सो लक्ष्य हासिल गर्यो।

जेजे स्मिथको सानदार बलिङ तथा माइकल भ्यान लिनगेन र जान फ्राइलिंन्कको अर्धशतकमा नामिबियाले नेपालमाथि सहज विजय हासिल गर्यो ।

ओपनर एलेक्जेन्डर बुसिङ भोसेन्क २ रनमा नन्दन यादवको बलमा आउट हुँदा नामिबियाले २१ रन बनाएको थियो।तर त्यसपछि नेपालका बलरहरु जम्न सकेनन् ।

माइकल र जानले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै जितलाई सहज बनाए। ५१ रन बनाएका माइकल कप्तान रोहित पौडेलको बलमा बोल्ड आउट भए।

तर त्यसपछि जान अविजित ७८ रनमा रहँदै नामिबियालाई जित दिलाए। उनले ८९ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।

जान निकोल लोफ्टी१७ रनमा अविजित रहे। रोहित र नन्दन बाहेक अन्य खेलाडीले विकेट लिन सकेनन्।

खेमला टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो

कप्तान रोहित र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरेपनि अन्यले सम्हालिएर ब्याटिङ गर्न सकेनन् ।

खेलको दोस्रो बलमा ओपनर कुशल भुर्तेल २ रनमा जेजे स्मिथको बलमा बोल्ड आउट भए। उनी आउट हुँदा नेपालले २ रन बनाएको थियो। यसपछि वान डाउनमा क्रिजमा आएका इशान पाण्डेले रन जोड्न निकै संघर्ष गरे।

३१ बल खेल्दै ८ रन बनाएर स्मिथकै बलमा नवौं ओभरमा आउट भए। क्रिजमा अर्का ओपनर ओपनर आशिफ शेख १६ रन बनाएर आउट भए।

कप्तान रोहित ३१ र दीपेन्द्रले ३० रन जोडे। गुलशन झाले २०, करण केसीले १८, सोमपाल कामीले १५ रन बनाए ।

नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गरे। ९.५ ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चेर ६ विकेट लिए ।‌ ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्जले समान २ विकेट आफ्नो नाममा लेखाए ।

आइसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालको यो १६ औं हार हो। २९ औं खेल खेलेको नेपालले अहिलेसम्म ११ खेल मात्र जितेको छ।

२४ अंक बनाएको नेपाल पाँचौं स्थानमा कायमै छ। आजको जितपछि नामिबिया २४ अंक सहित छैटौं स्थानमा उक्लिएको छ। अमेरिका ४३ अंक सहित शीर्षस्थानमा छ।

अब नेपालले बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

 

Share Now