काठमाडौं, ७ साउन । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार धितालको नियुक्ति सम्वन्धी विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्राचार प्राप्त भएको जानकारी दिएको छ।
मन्त्रालयका सहप्रवक्ता शालिग्राम भण्डारीले आयोगका पूर्वअध्यक्षसमेत रहनुभएका धिताल नै पुनः नियुक्त हुनुभएको जानकारी दिनुभयो ।
यसअघि वर्तमान सरकारले ल्याएको राजनीति नियुक्तिसम्वन्धी अध्यादेशका कारण उहाँ बर्खास्तमा पर्नुभएको थियो । यसअघि उहाँले आयोगको नेतृत्वमा बसेर २ वर्ष काम गरिसक्नुभएको छ ।








