Prakash Adhikari July 23, 2026

काठमाडौं, ७ साउन । साताको चौथो कारोबार दिन बिहीबार नेपालको शेयर बजार उकालो लागेको छ ।

यस दिन ंधितोपत्र बजार परिसूचक १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा पुगेको छ।

शेयर बजार उकालो लागे पनि यस दिन बुधवारको भन्दा कम कारोबार भएको छ ।बुधबार ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो । आज ३ सय ३८ स्टकको १ करोड ७७ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज पनि एभरेष्ट कलर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत बढेको छ।

आज अधिक शेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा शिखर पावर, होटल फरेष्ट,सोपान फर्मा, सोलु हाइड्रो, श्रीनगर एग्रो, सनराइज ब्लुचिप र सूर्यकुण्ड हाइड्रो रहेका छन् ।

कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ। यस दिन अधिक शेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा बुंगल हाइड्रो, रिलायन्स स्पिनिड. मिल, बीओके डिबेञ्चर,सिद्धार्थ बैंक डिबेञ्चर, एनआईसी एशिया डिबेञ्चर, धौलागिरी लघुवित्त, अपर लोहोरे खोला, एनआईबीएल ग्रोथ फण्ड र एसबीआई डिबेञ्चर ८३ रहेका छन् ।

कारोबारका आधारमा यस दिन सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ्ग मिल्सको भएको छ सो कम्पनीको यस दिन २८ करोड ३३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे २७ करोड रुपैयाँको शेयर किनबेच भएके छ भने रिडी पावरको करिब २५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।त्यसपछि अधिक कारोबार हुनेमा सोलु हाइड्रो १७ करोड १९ लाख, एनआरएन १६ करोड २४ लाख, कर्पोरेट विकास बैंक १३ करोड ८७ लाख, बुंगाल हाइड्रो १२ करोड २४ लाख, श्रीनगर एग्रो १० करोड ८६ लाख, एसवाई प्यानल १० करोड ६० लाख र नेशनल हाइड्रोको १० करोड १२ लाख मूल्यको कारोबार भएको छ ।

यस दिन नेपाल स्टकमा सूचीकृत भई वर्गीकरणमा परेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ। त्यसतै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

Share Now