Prakash Adhikari September 8, 2026

काठमाडौं, २३ भदौ । चीनको सहयोगमा नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौँ आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो मालवाहक विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री ल्याइएको हो।

चिनिया सहयोगको राहत सामग्री पालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो ।

चौथो खेपमा उद्धारका लागि प्रयोग हुने पानीमा चल्ने डुंगा, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने चिस्यान यन्त्र तथा सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन्।

नेपालमा बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको जनाइएको छ। यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा त्यसपछिका राहत र व्यवस्थापनका काममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share Now