काठमाडौं, २४ भाद्र । काठमाडौं रेड्सले नेपाल भलिबल लिगमा दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा काठमाडौंले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।
काठमाडौंले खेल २५–१२‚२२–२५, २५–१८ र २५–२० ले आफ्नो पक्षमा पार्यो। योसँगै काठमाडौंले ३ खेलबाट ५ अंक जोडेको छ।
सगरमाथाको भने यो दोस्रो हार हो। ४ खेल खेलेको टोलीको ७ अंक छ।








