Prakash Adhikari September 11, 2026

काठमाडौं, २६ भाद्र । अर्थतन्त्रको ऐना मानिएको शेयर बजार यो साताको अन्तिम कारोबार दिन शुक्रबार उभोगति लिएर बन्द भएको छ ।

यस दिन धितोपत्र बजार परिसूचक २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा पुगेको छ।

देशमा भूकम्पपछिका तीन आर्थिक बर्ष पुनर्निमाणका कारण आर्थिक गतिविधि बढेर आर्थिक बृद्धि उकालो लागेको जस्तै बाढीपछि पुनर्निर्माणले गति लिने अपेक्षाले अब बजार बढ्दै जाने संकेत मिलेको छ।

आज धितोपत्र बजार परिसूचकसंगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४५ स्टकको १ करोड २० लाख ८९ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १०.५३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ।

कारोबारमा आएको मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ६६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

Symbol Current Chng Chng %
1,449.19 11.23 0.78
5,350.68 56.05 1.05
2,193.75 10.16 0.46
7,025.20 72.75 1.04
3,541.79 63.90 1.83
95.39 1.48 1.58
11,299.25 109.46 0.97
10,539.22 80.77 0.77
4,434.35 42.67 0.97
19.50 0.01 0.09
9,422.06 159.74 1.72
1,791.17 7.58 0.42
3,223.80 44.74 1.40
Share Now