Prakash Adhikari September 13, 2026

काठमाडौं, २८ भाद्र । नेपालको लोकतान्त्रिक राजनीतिक दलका भविष्यका आशा लाग्दा नेताका रुपमा उदाउँदै आउनुभएका नेपाली कांग्रेसका युवा नेताहरु विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मामाथि अनुसन्धानमूलक समाचार छाप्ने ‘दि ग्रेजोन डटकम’ नामक न्युजपोर्टलले प्रश्नवाचक चिन्ह उठाएको छ ।

सो न्युजपोर्टलबाट हालै सावर्जनिक भएको समाचारमा विदेशी एजेन्सी पोषित नेताहरुको सूचीमा कांग्रेसका दुई शीर्ष नेताहरुको नाम पनि उल्लेख छ । खासगरी अमेरिकी सरकारको अन्तर्राष्टिय विकास नियोग अन्तरतका विभिन्न तालिम,प्रशिक्षण र सहयोग रकम लिने राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान सरकारका मन्त्रीहरुको नामसंगै कांग्रेस नेताद्धयको नाम जोडिनुले नेपालको राजनीतिक फाँटमा उहाँहरुमाथि लाग्दै आएको भाई रास्वपाको आरोप अहिले पुष्टि हुँदै गएको पार्टीभित्र चर्चा छ ।

सो न्युजपोर्टलले युवाहरु उपशीर्षक अन्तरगत उहाँहरुलाई यसरी समेटेको छ:-


युवाहरु

नेपालमा सामाजिक परम्परा र राजनीतिक बरियताका कारण, राजनीतिक दल तथा निर्वाचित निकायहरूमा नेतृत्वदायी भूमिकाबाट युवा महिला तथा पुरुषहरू प्रायः वञ्चित हुने गरेका छन्। सामान्यतया, र्याली वा निर्वाचनसम्बन्धी विशेष गतिविधिहरूका लागि कार्यकर्ता परिचालन गर्न जनशक्तिको आवश्यकता पर्दा मात्र वरिष्ठ नेताहरूले युवाहरूलाई दलका गतिविधिमा संलग्न गराउने गर्छन्। कन्सोर्टिटिएम फ इलेक्सन एण्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थनिड.(सीईपीपीएस)ले कार्यक्रमका गतिविधिहरूमा युवा महिला तथा पुरुषहरूको समानुपातिक सहभागिता सुनिश्चित गर्नेछ र लक्षित सीप-विकास गतिविधिहरूमार्फत युवाहरूलाई सहयोग गर्न प्राथमिकता दिनेछ। साथै, सीइपीपीएस का साझेदारहरूले वरिष्ठ नेताहरूलाई युवा पार्टी तथा संसदीय नेताहरूको कामलाई उजागर गर्न सहयोग गर्नेछन् यसले उनीहरूको क्षमता प्रदर्शन गर्न र निर्णय प्रक्रियामा युवा महिला तथा पुरुषहरूलाई अझ बढी संलग्न गराउन सक्ने नयाँ कार्य(सम्बन्धहरू स्थापना गर्न मद्दत पुर्याउनेछ। सीईपीपीएसका साझेदारहरूले नेपाली राजनीतिक दलका युवा नेताहरूलाई व्यापक रूपमा संलग्न गराउनेछन्। नेपाली कांग्रेसभित्रका प्रमुख युवा सुधारवादी नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले क्रमशः लोकप्रियता हासिल गर्दै आएका छन्। यसका साथै, सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गर्न नेपालका वामपन्थी दलका युवा नेताहरूसँग पनि सम्पर्क र संवाद बढाउने प्रयास गरिनुपर्छ। यसैबीच, सीईपीपीएस ले नेपालका उज्ज्वल थापा, सुदन गुरुङ, बालेन शाह, सागर ढकाल र रवि लामिछानेजस्ता परिवर्तनकारी नागरिक अगुवाहरूलाई पनि सहयोग गर्नेछ।


‘ दि ग्रेजोन’ ले भनेको छ.” सार्वजनिक भएका नयाँ कागजातहरूले उक्त तालिम कति व्यापक र स्पष्ट रूपमा पक्षपाती थियो भन्ने कुरालाई उजागर गर्छन्।”

दि ग्रेजोनले अमेरिकी सरकारले नीति संवाद नामक नेपाली कार्यक्रममा युवा नेताहरु समेटिएको उल्लेख गरेको छ । कांग्रेस नेता थापाले काठमाडौंको नारायणचौरको उत्तरपट्टि भव्य अफिस लिएर स्कूल अफ पोलिसी डायलग नै चलाउनुभएको थियो ।

ग्रेजोनले भनेको छ, “मुख्यतया सीईपीपीएसको सन् २०१९ को वार्षिक कार्ययोजनामा आधारित यी चुहिएका कागजातहरूले देखाउँछन् कि अमेरिकी सरकारले ‘नीति संवाद’ नामक नेपाली परियोजना सञ्चालन गर्न ‘इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट’ (आईआरआई)लाई २ करोड (२० मिलियन) डलर उपलब्ध गराएको थियो। ‘आईआरआई’ एनईडी अन्तर्गतको ‘जीओपी (ग्राण्ड ओल्ड पार्टी अर्थात रिपब्लिकन पार्टी)द्वारा सञ्चालित एक शाखा हो। यस परियोजनामा एनईडीका अन्य साझेदार संस्थाहरू, इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स(IFLS) र ‘नेशनल डेमोक्रेटिक इन्स्टिच्युट’ (NDI)पनि संलग्न थिए र यो परियोजना जुलाई २०१७ देखि जुलाई २०२२ सम्म चलेको थियो।”

‘नीति संवाद’ का गतिविधि र उद्देश्यहरूले ‘आईआरआई’ द्वारा सञ्चालित युवाहरूलाई उग्रवादी वा विद्रोही सोचतर्फ डोर्याउने कार्यक्रमहरूलाई सघाउ पुर्याउँथे । ती कागजातहरूमा यस हिमाली मुलुकमा ‘आईआरआई’को राजनीतिक चलखेल स्पष्ट रूपमा देखिन्छ। बंगलादेशमा जस्तै, नेपालमा पनि ‘जेन जी’को कथित स्वतःस्फूर्त विद्रोह हुनुअघि ‘आईआरआई’ले स्थानीयहरूलाई ‘युवा नेताहरूले विरोध प्रदर्शनमार्फत कसरी राजनीतिक परिवर्तन ल्याउन सक्छन्’ भन्नेबारे प्रशिक्षण दिने प्रयास गरेको थियो।

सन् २०१९ र २०२० मा काठमाडौंमा संस्थाका प्राथमिकताहरू समेटिएको ‘सीईपीपीएस’को चुहिएको कागजातअनुसार, ‘आफ्नो युवा नेतृत्व कार्यक्रमको पहुँच विस्तार गर्नु’ ‘नीति संवाद’ को मुख्य अंश थियो। यस कार्यक्रमअन्तर्गत, ‘सीईपीपीएस’का साझेदारहरूले ‘नेपाली राजनीतिक दलका युवा नेताहरूलाई व्यापक रूपमा संलग्न गराउने’ तथा ‘नेपालका सामाजिक परम्परा र राजनीतिमा रहेको श्रेणीबद्ध संरचनालाई चुनौती दिने’ योजना बनाएका थिए, ताकि ‘आईआरआई’ बाट तालिमप्राप्त युवा तथा नयाँ अनुहारहरूको प्रभाव र प्रतिनिधित्व बढाउन सकियोस्।

सन् १९८३ मा रेगन प्रशासनद्वारा स्थापना भएयता, लोकतन्त्रका लागि राष्ट्रिय अक्षयकोष,एनईडीले वासिङ्टनले सत्ता परिवर्तन गर्न चाहेका देशहरूमा सरकार-विरोधी समूहहरूलाई आर्थिक सहयोग गर्दै आएको छ। यसले सीसआईऋक्ष्ब् ले पहिले गोप्य रूपमा गर्ने कामहरू खुलेआम गर्ने संस्थाको रूपमा ख्याति कमाएको छ। निकारागुआ, भेनेजुएला, युक्रेन र हाइटीमा सरकारहरूलाई अस्थिर बनाउन यसले खेलेको भूमिका राम्ररी अभिलेखीकृत छ र यो एनईडीका नवरूढिवादी  समर्थकहरूका लागि गर्वको विषय पनि हो।

‘द ग्रेजोन’ले सन् २०२५ मा रिपोर्ट गरेझैं, एनईडी नेपालमा पनि सक्रिय रहँदै आएको छ र यसले तत्कालीन सरकारलाई कमजोर पार्न युवा अभियन्ताहरूलाई आर्थिक सहयोग गरेको थियो। हालै सार्वजनिक भएका कागजातहरूले देखाउँछन् कि एनईडीद्वारा वित्तपोषित सीईपीपीएसजस्ता समूहहरूले नेपालको सन् २०२५ को ‘कूु’ (सत्तापलट) मा संलग्न धेरै प्रमुख व्यक्तिहरूको वृत्ति-विकासमा सघाउ पुर्याएका थिए।

मूलधारका सञ्चारमाध्यमहरूले सेप्टेम्बरको विद्रोहलाई काठमाडौंका असन्तुष्ट र अनलाइनमा अत्यधिक सक्रिय ‘जेन-जी’का सदस्यहरूद्वारा आयोजित क्रान्तिकारी जोशको स्वतःस्फूर्त प्रस्फुटनका रूपमा प्रचार गरे। तर, ‘द ग्रेजोन’ले खुलासा गरेअनुसार, अमेरिकी सरकारको ‘एनईडी’ले आफ्ना अनुकूल उद्देश्यहरू अघि बढाउन, नयाँ राजनीतिक दलहरू खडा गर्न र निर्वाचन अभियान सञ्चालन गर्नका लागि सडकस्तरमा कसरी अशान्ति मच्चाउने भन्नेबारे नेपाली युवाहरूलाई पहिले नै तालिम दिइरहेको थियो।

 

 

Share Now