काठमाडौं, २९ भदौ । नेपाली बजारमा आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले ओरालो लागेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तोलामा १ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको थियो।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।








