काठमाडौं, १ असोज । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टानसहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ।
अध्ययनकी सहलेखिका तथा इम्पेरिअल कलेज लन्डनकी जलवायुविज्ञ डा फ्रीडेरिके ओटोले ूयो विपत्तिका लागि आधार तयार पार्न मानवसिर्जित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शङ्का नरहेकोू बताउनुभयो।
वर्ल्ड वेदर अट्रिब्यूशनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गरेको ुपर्माफ्रस्टु ९अत्यधिक चिसोका कारण जमेको भूमि० र पहिलेदेखि विद्यमान भौगर्भिक दुर्बलताका कारण सिर्जित ूमिश्रित घटनाूको परिणाम थियो।
नेपाली अधिकारीहरूले तिब्बत हुँदै भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका मानिसको सङ्ख्यामा संशोधन गरी ६ हजार १ सय ५० पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो।
यसअघि सरकारी निकायहरूले बेपत्ता भएकाहरूको सङ्ख्या ५ हजार १ सय ७९ रहेको बताउँदै आएका थिए। नेपाल सरकारका निकायहरूले सार्वजनिक गरिएको तथ्याङ्कअनुसार मृतकको सङ्ख्या १ हजार ४ सय को सेरोफेरोमा छ। नेपालमा हजारौँ मानिस विस्थापित भएका छन्।
अरू कारक तत्त्वहरू के हुन् ?
नेपाल र तिब्बतका सीमावर्ती सहर तथा गाउँहरूमा ठूलो बाढी र पहिरो जाँदा हजारौँ घरहरू बगेका थिए भने विभिन्न जलविद्युत् आयोजनाका भौतिक पूर्वाधारहरू नष्ट भएका थिए।
वैज्ञानिकहरूका अनुसार सीमावर्ती क्षेत्रमा नेपालतर्फ पर्ने लाङ्टाङ लिरुङ हिमालको चुचुरोनजिकै चट्टानबाट बनेको भित्ता र हिमनदी भत्किएपछि बाढी आएको हो।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसको तथ्याङ्कअनुसार त्यहाँबाट खसेको भग्नावशेष एउटा उपत्यकाको फेदमा बज्रिँदा ५।२ म्याग्निट्यूडको कम्पन मापन भएको थियो।
ं
बिहीवार प्रकाशित वर्ल्ड वेदर अट्रिब्यूशनको अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तन ूपहिलेदेखि विद्यमान भौगर्भिक संवेदनशीलतालाई बिथोलिदिने एउटा कारकू बनेको तर त्यो अहिलेको विपत्ति निम्त्याउने एक मात्र कारण भने नभएको उल्लेख छ।
ं
उक्त अध्ययनका अनुसार ूमानिसका कारण जलवायुमा परेको प्रभावूले गर्दा अहिले हिमपहिरो गएको क्षेत्रमा जुलाई र अगस्ट महिनाको तापक्रम सामान्यतया हुनेभन्दा झन्डै १.५ डिग्री सेल्सिअस बढी थियो।
सो क्षेत्रमा भएका हिमनदीहरू पनि वार्षिक झन्डै आधा मिटरका दरले पातलिँदै गएका थिए। त्यसले हिमनदीमा भएका दरारहरूलाई कमजोर बनाइदिन र अस्थिरता बढाइदिन सक्थ्यो।
गत अक्टोबर र नोभेम्बरमा भएको भीषण हिमपातले पनि यो वर्षको सुरुमा ठूलो मात्रामा पग्लेको पानी थपिदियो।
यी गतिविधिहरू मिलेर संयुक्त घटनालाई अझ ठूलोू बनाइदिएको हुन सक्ने शोधकर्ताहरूको निष्कर्ष छ।
२०१५ को भूकम्पसँग पनि सम्बन्ध हुन सक्छ
यो अध्ययनका अनुसार सन् २०१५ मा नेपालमा गएको ७.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प र त्यसले निम्त्याएको हिमपहिरोका कारण पनि चट्टान भएको भाग कमजोर बनेको हुन सक्छ।
यद्यपि अधिकारीहरूले गत महिनाको विपद्मा भूकम्पका कारण ठ्याक्कै कस्तो प्रभाव पर्यो भन्ने पुष्टि गर्न नसकिएको बताएका छन्।
उक्त प्रतिवेदनका अर्का सहलेखक तथा यूट्रेक्ख्ट विश्वविद्यालयका पर्वतीय जलविज्ञ डा वाल्टर इमेर्जीलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो क्षेत्र भौगर्भिक रूपमा संवेदनशील भीर भएको बताउनुभयो।
उहाका अनुसार सो क्षेत्र सन् २०१५ को भूकम्पले सम्भावतः कमजोर बनेको र हिमनदी तथा पर्माफ्रस्ट घट्दै जाँदा अझ बढी अस्थिर बनेको छ।
कसरी गरियो अध्ययन
यो अध्ययन अरू समकक्षी वैज्ञानिकहरूले समीक्षा गरेको पत्रिकामा प्रकाशित भएको होइन।
यद्यपि वर्ल्ड वेदर अट्रिब्यूशनको वेबसाइटअनुसार सो संस्थाले आफ्ना अध्ययनका सबै चरममा मौसमसँग सम्बन्धित घटनाहरूको विश्लेषण गर्न समकक्षी वैज्ञानिकहरूले समीक्षा गर्ने विधि नै प्रयोग गर्दै आएको छ।
यो अध्ययनका निष्कर्षहरू विपत्तिपछि अन्य विज्ञहरूले औँल्याएका कुरासँग मिल्दाजुल्दा नै छन्।
यसअघि केही विज्ञहरूले बीबीसीलाई हिमाली भेगमा सम्भवतः बढ्दो तापक्रमका कारण चट्टानसहितको हिमपहिरो गरेको बताएका थिए।
डन्डी विश्वविद्यालयका हिमनदीविज्ञ डा साइमन कूकले गत महिना बीबीसीसँग कुरा गर्दै केवल एउटा घटनालाई जलवायु परिवर्तनसँग जोड्न कठिन भए पनि ूजलवायु तात्दा अन्ततः उच्च हिमाली वातावरण अस्थिर हुनेू बताउनुभएको थियो।
उहाँले बुधवार बीबीसीसँग कुरा गर्दै वर्ल्ड वेदर अट्रिब्यूशनले भर्खरैको विपत्तिका आधारभूत कारणहरूका बारेमा ूअत्यन्तै फलदायी अध्ययनू गरेको बताउनुभयो।
उहाँका अनुसार यो अध्ययनले जलवायु परिवर्तन एउटा प्रमुख कारक थियो भन्ने केही बलिया प्रमाणहरू प्रदान गरे पनि उक्त घटना कसरी भयो भनेर ठ्याक्कै भन्न सक्ने अवस्थामा हामी अझै पुगेका छैनौँ।
“यसमा संलग्न प्रक्रियाहरूबारे धेरै कुरा जान्न बाँकी नै छ…अनि भविष्यमा यस्ता घटनाहरूको पूर्वसूचना दिन यी उच्चहिमाली क्षेत्रहरूको अनुगमन गर्न हामी के गर्न सक्छौँ भन्नेबारे धेरै जान्न बाँकी छ।
“जलवायु न्यायुको कुरा उठाउन प्रधानमन्त्री न्यूयोर्क जाँदै”
विनाशकारी बाढीपछि नेपाली अधिकारीहरूले जलवायु परिवर्तन सामना गर्न विश्वव्यापी प्रयासका लागि आह्वान गरेका छन्।
नेपाल निकै कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरूमध्ये एउटा भए पनि वैश्विक तापमानवृद्धिका दुष्प्रभावबाट सबैभन्दा बढी जोखिममा परेको अधिकारीहरूले औँल्याउँदै आएको छन्।
अर्को साता न्यूयोर्कमा आयोजना हुन लागेको संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बनेको झन्डै साढे छ महिनापछि उहाँ पहिलो पटक विदेश भ्रमणमा जान लाग्नुभएको हो।








