Prakash Adhikari October 11, 2026

मस्कट(ओमान), २५ असोज । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली ओमानको राजधानी मस्कटमा क्यानडासंग खेल्दैछ ।

नेपाल र क्यानडाको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यस श्रृखला अन्तरगत भएको पहिलो खेलमा ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा परेर लिग २ विश्वकप खेल्ने सम्भावना सकिएको छ । अब नेपालले लिग २ मा विश्वकप खेल्न प्लेअफको बाटोमा जानुपर्र्ने हुन्छ ।

लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं र क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौं स्थानमा छन्।

लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो महत्त्वपूर्ण छ । यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो ।

ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ तर शीर्ष ६ भित्र पुग्रे दौड केही सहज बनेको छ।

नेपालले ओमानको यो अन्तिम श्रृखलामा क्यानडासँग दुई र ओमानसँग दुई खेल खेल्ने छ । चारै खेल जितेमा नेपालले अंकतालिकामा आठ अंक थप्नेछ । तर लिग २ विश्वकप खेल्नका लागि भने नेपालले प्लेअफको नयाँ चरणमा प्रवेश गर्नुपर्ने देखिन्छ ।

नेपालको लागि नेदरल्याण्ड्स श्रृंखलाको खराब प्रदर्शन निकै महंगो सावित हुन गयो । सो श्रृखलाका चारै खेलमा नेपालले पराजय ब्यहोरेको थियो ।

सो खराब प्रदर्शनपछि नेपाली राष्ट्रिय क्रिकेट टिममा ठूलो परिवर्तन गरिएको छ । एकदिवसीय टिमको कप्तानबाट रोहित पौडेललाई हटाएर सन्दीप लामिछानेलाई ल्याइएको छ भने टिममा कुशल भूर्तेल, आरिफ शेख, सोमपाल कामीको ठाउँमा नयाँलाई ठाउँ दिएको छ ।

नेपाल कप्तान सन्दीप लामिछानेको नेतृत्वमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्लसहित मैदानमा उत्रिने छ ।

नेपालले यस श्रृखलामा क्यानडासँग आज(आइतबार) र असोज ३१ गते शनिबार खेल्नेछ भने आयोजक ओमानसँग असोज २ गते मंगलबार र कात्तिक २ गते खेल्नेछ। चारै खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुनेछन् ।

अमेरिका लिग–२ च्याम्पियन

अमेरिकाले नामिबियालाई चार विकेटले पराजित गर्दै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको छ।

डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा अमेरिकाले नामिबियाले दिएको २ सय ९८ रनको लक्ष्य सात बल बाँकी छँदै पूरा गरेको हो।कप्तान मोनांक पटेलको शतकीय पारी (१०८ रन)सँगै अमेरिकाले २ सय ९८ रनको लक्ष्य ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

जितसँगै अमेरिकाले लिग–२ को अंकतालिकामा थप दुई अंक जोडेको छ। शीर्षस्थानमा रहेको अमेरिकाले २ खेल खेल्न बाँकी रहँदा ४७ अंक पुर्‍याएको छ। सबै खेल खेलेको स्कटल्यान्डको ४६ अंक छ भने चार खेल खेल्न बाँकी नेदरल्यान्डको ३८ अंक छ।

प्रतियोगितामा आठ टोली सहभागी रहेकामा अन्य टोलीका खेल बाँकी रहे पनि अमेरिकालाई अब कुनै टोलीले अंकमा भेट्न सक्ने छैनन् । यो जितसंगै अमेरिकाले लिग–२ को उपाधि आफ्नो नाममा सुरक्षित गरको छ।

अमेरिकाले यसअघि नै आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गरिसकेको थियो। छनोट प्रतियोगितामार्फत उसले दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने सन् २०२७ को क्रिकेट विश्वकपमा स्थान बनाउने अवसर पाउनेछ।

 

Share Now