Prakash Adhikari October 28, 2026

कीर्तिपुर(काठमाडौं), ११ कार्तिक। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ । आजको खेलमा दुवै टिम विजयको खोजीमा हुनेछन् । तेस्रो संस्करणको उद्घाटन खेलमा दोस्रो संस्करणको उपविजेता सुदूरपश्चिम विजेता लुम्बिनी लायन्ससँग पराजित भएको थियो। यो संस्करणको पहिलो खेल खेल्ने पोखरा एभेन्जर्स जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

प्रतियोगितामा यसअघि सम्पन्न खेलहरूमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आआफ्नो पहिलो खेलमा विजय निकाल्दै उत्कृष्ट सुरुवात गरिसकेका छन्।

Share Now