काठमाडौँ, १२ कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ४१ अङ्कले बढेर ४८८ दशमलव २१ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अङ्कले बढेर १८७ दशमलव ०१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अङ्कले बढेर १६५ दशमलव ३४ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका दुई करोड ३२ लाख ५८ हजार नौ कित्ता शेयर रु आठ अर्ब ५७ करोड ९८ हजार ८२३ मूल्यमा खरिद बिक्री भएको छ ।
तेह्रवटै उपसमूह बढेका छन् । आज १८१ कम्पनीको शेयर बढ्यो भने ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी छ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, नेपाल रिइन्सुरेन्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी, नेपाल इन्फास्ट्रचर एण्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज व्लुचिपलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।