Prakash Adhikari November 2, 2026

कीर्तिपुर(काठमाडौं), १६ कार्तिक । नेपाल प्रिमियर लिग अन्तरगत आज भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु १ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ८० रन बनाएको छ।

कर्णालीको लागि ओपनर अरिफुल इस्लामले ४४ रन, हुसेन तलतले ४०, पवन सर्राफले ३०, गुल्शन झाले २०,मार्क वाटले १७, दीपक डुम्रे ८, जिशन आलम ७ रनको योगदान गरे भने कप्तान सोमपाल कामी १ रनमा नटआउट रहे । उसले १ वाई, १ लेगवाई, एक नो बल र १० वाइडबाट १३ अरिरिक्त रन जोड्यो ।

काठमाडौका लागि करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक एक विकेट लिए।

Share Now