कीर्तिपुर(काठमाडौं), १९ कार्तिक। नेपाल प्रिमियर लिग अन्तर्गत आज भईरहेको १४औँ खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको छ। लुम्बिनीको इनिङ्समा कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने निरोशन डिकवेल्लाले २७ रन र दिलीप नाथले २५ रनको योगदान दिए। खेलमा ओपनर आसिफ शेख २१ रन बनाए रुबेन ट्रम्पेलम्याने ८ बलमा १५ रन जोडेका थिए। पहिलो ओभरको पहिलो बलमै डार्सी शर्ट डकआउटभएपछि दबाबमा परेको लुम्बिनीले सम्हालिएर १ सय ४९ रनको योगफल खडा गरेको हो।
लुम्बिनीलाई रोक्ने क्रममा जनकपुर बोल्ट्सका विशाल सुशलिंग र राहुल यादवले समान २(२ विकेट लिए भने ललित राजबंशी, हरमीत सिंह र अभिषेक तिवारीले १(१ विकेट ।







