कीर्तिपुर(काठमाडौं), २८ कार्तिक । नेपाल प्रिमियर लिग अन्तरगत आज भइरहेको खेलमा विराटनगर किंग्स्ले लुम्बिनी लायन्सलाई १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको विराटनगरले ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको छ ।
विराटनगरका लागि चरिथ असलंकाले ६४, शुभम् रञ्जनेले ३१, इमरान शेखले २४, लोकेश बमले १५, बसिर अहमद र इशुरु उदानाले ६।६ र शेहन जयासूर्याले १ रनको योगदान दिए । उसले ९लेगवाई र १० वाइडबाट अतिरिक्त १९ रन जोडेको थियो ।
विराटनगरलाई रोक्ने क्रममा लुम्बिनीका किशोर महतोले २ तथा अभिशेष गौतम र रविन ट्रम्पलमन १ । १ विकेट लिए ।







