Prakash Adhikari November 17, 2026

काठमाडौं, १ मंसिर। राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा सरकारले आर्थिक वर्ष २०८१र८२ मा विभिन्न १९ विधामा सर्वाधिक कर दाखिला गर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटद्वारा ‘कर न्याय र सुशासनको सुनिश्चितता स् समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित विशेष समारोहमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र प्रदान गरेका हुन्।

नेपालमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मङ्सिर १ गतेको स्मरणमा सरकारले वि.सं. २०६९ सालदेखि हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।

करदाताहरूलाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले यस दिन उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परा रहिआएको छ । विगतमा १६ वटा विधामा मात्र उत्कृष्ट करदातालाई सम्मान गर्ने गरिएकोमा यस वर्ष दायरा फराकिलो बनाउँदै १९ विधा पुर्‍याइएको हो ।

समारोहमा समग्र निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ भने व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्नेमा राजबहादुर शाह सम्मानित हुनुभएको छ।

त्यस्तै, एकलौटी फर्महरूमध्ये थर्ड आई इन्टरनेसनल, वस्तु निर्यातको कारोबार गर्नेमध्ये डाबर नेपाल प्रालि र सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल उत्कृष्ट करदाता घोषित भएका छन्।

यसैगरी, कृषि एवं पशुपन्छीजन्य उद्योगतर्फ ओ।सी।बी। फुड्स एन्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेडले सर्वाधिक आयकर दाखिला गरी सम्मान प्राप्त गरेका छन्।

वस्तु व्यापारको कारोबार गर्ने करदातामध्ये आर्थिक वर्ष २०८१र८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने सी।जी। इम्पेक्स प्रालि ९स्थायी लेखा नम्बर ३०१६०९०३६० सम्मानित भएको छ।

त्यस्तै, वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरूमध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि तथा वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्नेमध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड उत्कृष्ट करदाता बनेका छन्।

ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबारतर्फ आईएमई लिमिटेड र विशेष उद्योगहरूमध्ये वरुण बेभरेज नेपाल प्रालि सम्मानित भएका छन्।

यस्तै, वि।सं। २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ।

वित्तीय क्षेत्रअन्तर्गत जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक आयकर दाखिला गरी सम्मान प्राप्त गरेका छन्।

Share Now