Prakash Adhikari December 22, 2018

कीर्तिपुर(काठमाडौं), ७ पुस । एभरेष्ट प्रिमियर लिगको तेस्रो उपाधि नेपाली राष्टिय टोलीका उपकप्तान रहेका ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको ललितपुर प्याट्रीएट्सले जितेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुर शनिवार अपरान्ह भएको खेलमा भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीएट्सले एभरेस्ट प्रिमियर लिग टि-२० को उपाधि जितेको हो ।

ज्ञानेन्द्र मल्लले इतिहासमै पहिलो पटक आफ्नो कप्तानीमा फ़्रेञ्चाइज प्रतियोगिताको उपाधि दिलाएका छन्।

उपाधि सहित ललितपुरले २५ लाख रुपैयाँ प्राप्त गर्यो भने भैरहवाले उपविजेता बन्दै १० लाख प्राप्त गर्यो।

प्रतियोगिताको प्लेयर अफ द सिरिज भैरहवाका रभी इन्दर सिंह घोषित भए जसले टिभीएस बाइक प्राप्त गरे।

उनले प्रतियोगिताकै सर्वाधिक रन बनाउने क्रममा ८ खेलमा ३ सय ३७ रन बनाएका थिए।

यस्तै फाइनल खेलको प्लेयर अफ द म्याच ललित राजबंशी घोषित भए।

यो नतिजासंगै भैरहवा ग्लाडियटर्स लगातार दोश्रो पटक  ईपिएलको फाइनलमा पराजित हुन पुग्यो।

भैरहवा गत बर्ष फाइनलमा बिराटनगर वारियर्ससंग १ रनले पराजित भएको थियो।

फाइनलमा ललितपुरले दिएको १सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्रै बनाउन सक्यो।

भैरहवाको स्थिति

लक्ष्य पछ्याउने क्रममा भैरहवाले पाँचौ ओभरमा ओपनर प्रदिप ऐरिलाई गुमाउन पुग्यो। २२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका ऐरिलाई योगेन्द्र कार्कीले क्याच आउट गराए। ३३ रनमा पहिलो विकेट गुमे पछि अर्का ओपनर रायन टेन डेस्काटे पनि छैठौं ओभरमा १४ रन बनाएर ललित राजबंशीको बलमा क्याच आउट हुन पुगे।

४९ रनमा २ विकेट गुमेपछि रभी इन्दर सिंह र आरिफ शेखले तेश्रो विकेटको लागि २३ रनको साझेदारी गरे। आरिफ शेख १२ औं ओभरमा १२ रन बनाएर पवन सर्राफको बलमा स्टम्प हुँदा भैरहवाले तेश्रो विकेट गुमायो।

आरिफको विकेटपछि ब्याटिंग गर्न आएका कप्तान शरद भेसावकर र रभी इन्दर सिंहले चौथो विकेटको लागि ३२ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए। २९ रन बनाएका रभी १६ औं ओभरको पहिलो बलमा पवन सर्राफको बलमा क्याच समातिन पुगे। उनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रभी इन्दरको विकेट लगत्तै १४ रन बनाएका शरद भेसावकरलाई ललित राजबंशीले बोल्ड गर्दै पाँचौ विकेट दिलाए।
सोही ओभरमा मोहम्मद नबिद पनि राजबंशीकै पासोमा परे उनले २ चौका मदतले १० रन बनाएका थिए।

नबिदको विकेट पछि लगातार विकेट गुमाउने क्रममा रोहित पौडेल ७ ,, कुशल मल्ल १६ र भुवन कार्की १ रनमा आउट भए ।

यसरी भैरहवाले ९ विकेट गुमाएर २० ओभरमा १ सय ४१ रन मात्र बनाउन सक्यो।

ललितपुरको लागि प्लेयर अफ द म्याच समेत चुनिएका ललित राजबंशीले ३ विकेट लिए। यस्तै योगेन्द्र सिंह कार्की र पवन सर्राफले समान २र२ विकेट लिए।

ललितपुरको ब्याटिंग

टस हारेर ब्याटिंग गरेको ललितपुरलाई भाग्यले साथ दियो । उसको सुरुआत नै राम्रो भयो ।
ललितपुरको पहिलो विकेट पतन हुँदा जयकिशन कोल्सावाला र गौरभ तोमरले ४१ रन जोडेका थिए ।

छैठौं ओभरमा तोमर टेन डेस्काटेले क्याच आउट गराउदै भैरहवाको विकेटको खाता खोल्यो।

तोमर २३ रन बनाएर आउट भए जुन क्रममा १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि ब्याटिंग गर्न आएका कप्तान ज्ञानेन्द्र मल्ल १० रन बनाएर आठौँ ओभरमा आउट भए।
१ छक्का उनलाई शरद भेसावकरले क्याच आउट गराए।
त्यसपछि पवन सर्राफ ५ रनमा आउट हुन पुग्दा ललितपुर १० .२ ओभरमा ७१।३ को अवस्थामा पुग्यो।

त्यसपछि सन्दिप जोरा र कोल्सावालाले चौथो विकेटको लागी ३९ रनको साझेदारी गर्दै टिमको योगफल १०० पार गराए।

जोरा १४ औं ओभरमा भुवन कार्कीको बलमा क्याच आउट हुन पुगे जस अघि उनले ११ बलमा २ छक्का र १ चौका मदतले २४ रन बनाए।

त्यसपछि ब्याटिंगमा आएका सन्नी पटेल पनि १ रन बनाएर कृष्ण कार्कीको बलमा क्याच आउट भए। ११ रन बनाएर कुशल भुर्तेललाई पनि कृष्ण कार्की कार्कीले आउट गरे।

जयकिशन कोल्सावाला पनि अर्धशतक पुरा गरेर आउट भए।

५२ बलमा उनले ३ छक्का र ३ चौका प्रहार गरेका उनलाई पनि कृष्ण कार्कीले रोकेका थिए।

त्यसपछि लगातार विकेट गुमाउने क्रममा सोनु तामांग योगेन्द्र कार्की ३।३ रन राशिद खान खाता नखोली आउट भए।

भैरहवाको लागि कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिंदा २ ओभरमा १५ रन खर्चिए।

यस्तै मोहम्मद नबिद र रायन टेन डेस्काटेले २ ।२ विकेट लिए।

Share Now

Leave a comment.