Prakash Adhikari December 30, 2018

कम्पाला(युगाण्डा), १४ पुस । गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा सुरु भएको छ ।
शनिवार सुरु भएको बैठकको कायरो स्थित नेपाली दूतावासका राजदूत झबिन्द्र अर्यालले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा एनआरएनका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसीसी अध्यक्ष भवन भट्ट उपाध्यक्ष कुल आचार्य, सचिव डीवी क्षेत्री, मध्य पूर्वबाट आइसीसी सदस्य मनोज गोर्खालीलगायत सहभागी हुनुहुन्छ ।
बैठक शनिवार र आइतबार चल्ने कार्यक्रम छ ।

Share Now

Leave a comment.