Prakash Adhikari March 14, 2019

ललितपुर, ३० फागुन । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले बिहिबार एक विज्ञप्तिमार्फत सो निर्णय सार्वजनिक गरेकोे हो ।

सो निर्णय अनुसार ५ लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने छन् ।

सरकारले चालु आर्थिक बर्ष २०७५ ।०७६ को नीति तथा कार्यक्रममा र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था ल्याएको थियो ।

बजेटको व्यवस्थालाई कार्यान्वयन गर्न धितोपत्र बोर्डले बैशाख १ गतेदेखि अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने कार्यक्रम ल्याएपछि लगानीकर्ताहरुले त्यसमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशन तथा लगानीकर्ताहरु एंव अन्य सरोकारवालाको सुझाव अनुसार ल्याइएको नयाँ प्रावधान सहज रुपमा कार्यान्वयनमा आउने अपेक्षा बोर्डले लिएको छ ।

Share Now

Leave a comment.