कलैया(बारा),१८चैत्र(बीबीसी) । आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ। बेलुकी आधा घण्टा चलेको हावाहुरीले बाराको पुरैनिया, भरबलिया लगायतका गाउँहरूमा वितण्डा मच्चाएको थियो।
सोमवार बिहान उद्वार र राहत कार्य हुदै गर्दा गाउँहरू खण्डहरजस्ता देखिएका थिए।
हावाहुरीका कारण खासगरी बाराका चैनपुर, भरवलिया, फेटा र पुरैनिया खण्डहरमा परिणत भएजस्तो देखिएको पीडितले बताएका छन्हावाहुरी र असिना रोकिएपछि उद्धार कार्यमा जुटेका सुरक्षाकर्मीको मानिसहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेको हाम्री संवाददाता माधुरी महतोले बताएकी छन्हावाहुरीका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी असर परेको बताइएको छखासगरी फुसका घरहरूमा धेरै क्षति भएपछि त्यस्ता घर भएकाहरू घरवारविहीन हुन पुगेका छन्घाइतेको सङ्ख्या धेरै भएपछि अस्पतालमा सय्या अभावमा भुइँमै राखेर उपचार गरिँदैछस्थानीयवासिन्दाका अनुसार हावाहुरी यति शक्तिशाली थियो कि त्यसले कच्ची मात्रै नभई पक्की घर पनि भत्काएको थियोहावाहुरीले घरभित्रका भाँडाकुँडा छताछुल्ल बनाएपछि खाना पकाएर खाने अवस्था नरहेको पीडितले बताएका छन्हावाहुरीका कारण ज्यान गुमाएका मानिसहरूलाई छिमेकीले सान्त्वना दिने गरेका छन्भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि पीडितहरूले भकारीमा भएका धान लगायतका अन्न छरिएको बताएका छन्
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
काठमाडौँ, ६ कात्तिकः नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]