, २२ बैशाख २०७६
‘
काठमाडौं,२२ बैशाख । पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानिय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि. सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको छ ।
“क्लिन आवर प्राइड“ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाईराख्ने लक्ष्य लिएको छ ।
पर्यटन विभागका सामान्य निर्देशक डन्डुराज घिमिरेले भने, “ हामीले सगरमाथा सरसफाई अभियान सुरु गर्न खोजिरहेकै बेलामा कोकाकोला जस्तो कम्पनीबाट यस अभियानमा सामेल हुने उत्साहले हाम्रो लागि विषेश महत्व राख्दछ । यस प्रकारको आर्थिक र नितिगत सहयोग प्राप्त गर्दा कार्यक्रम धेरै नै सफल हुने पक्का छ । नेपाल सरकारले यस किसिमका सहयोगको धेरै नै सम्मान गर्नुका साथै कम्पनीलाई शुभकामना पनि प्रदान गर्दछ ।“
अभियानका बारेमा बोल्दै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका मेयर निम दोर्जी शेर्पाले भने, “खुम्बु पासाङ ल्हामु गाउँपालिकाको प्रमुख उद्देश्य वरीपरिका हिमाली भूभागलाई सफा र स्वच्छ राख्नु हो । कोकाकोला लगायतका विभिन्न संघसंस्थाले सगरमाथा सफा राख्ने अभियानमा सहयोग गर्नुभएकोमा हामी एकदमै आभारी छौं । हामीलाई विश्वास छ कि सबै मिली काम गरे यो अभियान पक्कै सफल हुनेछ ।“
“सगरमाथा सरसफाई अभियान २०१९ का महत्वपूर्ण स्टेकहोल्डर भएकोमा कोकाकोलालाई हामी नेपाल पर्वतारोहण संघका तर्फबाट मनैदेखी आभार प्रकट गर्न चाहन्छौँ । नेपाल पर्वतारोहण संघ हिमाली क्षेत्र सरसफाइमा सुरुवाती दिनदेखि नै सदैव लागि परेको छ । यस अभियानले हाम्रो राष्ट्रिय स्तरमा हुन लागेको नेपाल भ्रमण वर्ष २०२० मा पनि ठुलो टेवा र्पुयाउनेमा हामी निश्चिन्त छौँ ।“ भनेर नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्त वीर लामाले भने ।
यस साझेदारीका बारेमा बोल्दै सगरमाथा प्रदुषण नियन्त्रण संस्थाका सभापति आङ दोर्जी शेर्पाले भने, “नेपालका विभिन्न सरकारी र गैरसरकारी संघसंस्था, निजी संस्था तथा पर्यटन विभागका स्टेकहोल्डरहरू मिलेर यती ठुलो मापनमा सगरमाथाको सरसफाई अभियान गर्न लागेको यो पहिलो पटक हो । मलाई विश्वास छ कि अहिलेको ठुलो समस्या बनेर रहेको सगरमाथामा फोहोरको विषयलाई सफल बनाउन यसले ठुलो मद्घत र्पुयाउनेछ । यो सुरुवात मात्र हो । यस अभियानलाई अझै दुई–तीन वर्ष लगातार चलाएर सगरमाथालाई फोहोरमुक्त बनाई विश्वभर एउटा सन्देश र्पुयाउन सकिन्छ । कोकाकोलाले प्रमुख साझेदारका रूपमा यस अभियानमा जोडीएकोमा हामी आभारी छौं ।“
कोकाकोला भारत र पश्चिम एसियाको सार्वजनिक मामला, संचार र स्थिरता आयोगका उपाध्यक्ष इश्तेयाक अम्जदले यसै विषयमा बोल्दै भने, “ यस अभियानमा सहभागी हुन पाएकोमा हामी आभारी छौं, र यस साझेदारिको लागि नेपाली सेना, नेपाल सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि. लाई धन्यवाद भन्न चाहन्छौँ । कोकाकोलामा हामी फोहोरमुक्त विश्व निर्माण गर्नका लागि आवश्यक हरेक कदम चाल्नका लागि सदैव तत्पर भएर लागेका छौं, र यो सबै सामुहिक प्रयासबाट मात्रा सम्भव छ भन्ने पनि हामीले बुझेका छौं । यस अभियान मार्फत सगरमाथाबाट फोहोर उठाउनुका साथै यसले भविष्यमा हिमालहरूलाई सफा राख्न पनि सबैलाई उत्प्रेरित गरोस् भन्ने हामीले लक्ष्य लिएका छौँ ।“
बोटलर्स नेपाल लिमिटेडका कार्यकारी निर्देशक प्रदिप पाण्डेले भने “हामी यस अभियानको एक हिस्सा बन्न पाएको गर्वा्न्भित र आभारी छौँ । साथै हाम्रा साझेदारहरूसँग मिलेर नेपालको दिर्घकालिन बिकासका लागि वातावरणको निर्माणमा सधैं लागिपर्नेछौँ ।“
यस अभियानमा बोटलर्स नेपाल लिमिटेड, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग, वातावरण विभाग, प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली सेना, खुम्बु-पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुन्ज, बफर जोन व्यवस्थापन समिती, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, सगरमाथा प्रदुषण नियन्त्रण संस्था, डब्लु. डब्लु. एफ् नेपाल, नेपाल भ्रमण बर्ष २०२०, नबिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, तारा एयर र सोनम गियर लगायतको सहयोग रहेको छ ।


















